बलिउड/हलिउड

शाहरूख खानका छोरा आर्यनले अस्वीकार गरे १२० करोडको अफर

Banner

काठमाडौं, साउन २३-

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। अभिनेता नभई उनले निर्देशकको रूपमा बलिउडमा डेब्यू गर्न लागेका हुन्।

उनको निर्देशनमा बन्ने वेब सिरिजको नाम’स्टारडम’ राखिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनको वेब सिरिज ‘स्टारडम’ निर्माणअघि एक ओटिटी प्लेटफर्मले राइट्स किन्ने प्रस्ताव राखेको छ।

ओटिटी प्लेटफर्मले करिब १२० करोड भारूमा सिरिज किन्ने प्रस्ताव राखेको हो। तर आर्यनले १२० करोडको अफर अस्वीकार गरेका छन्। उनले आफ्नो वेब सिरिज निर्माण नभई कुनै पनि ओटिटी प्लेटफर्मलाई नबेच्ने बताएका छन्। निर्माण पक्षले यसबारेमा आधिकारिक जानकारी दिएका छैनन्।

शाहरूख खानले निर्माण गर्न लागेको सिरिज ६ भागमा बन्ने छ। लक्ष्य लालवानीको मुख्य भूमिका रहने सिरिजमा हिन्दी फिल्म उद्योगको एक काल्पनिक दुनियाँ देखाइने छ।

आर्यन निर्देशकसँगै व्यवसायी पनि हुन्। उनले हालै’डि याभोल एक्स’ कपडाको ब्रान्ड लन्च गरेका थिए। उनी आफ्नो साथी बन्टी सिंह र लेटीसँग मिलेर भोड्का ब्रान्ड पनि लन्च गर्ने तयारीमा छन्।

भोड्का ब्रान्ड लन्च गरेपछि उनी स्पिरिट मार्केट बिस्तारमा लाग्ने बताइएको छ। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>