बलिउड/हलिउड

आमा बनिन् बलिउड अभिनेत्री इलियाना

Banner

काठमाडौं, साउन २१-

बलिउड अभिनेत्री इलियाना डिक्रूज आमा बनेकी छन्। उनले १ अगस्टमा छोरालाई जन्म दिएकी हुन्। पाँच दिनपछि इन्स्टाग्राममा छोराको तस्बिर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी छन्।

उक्त तस्बिरमा लेखिएको छ,कोआ फिनिक्स डोलनलाई चिन्नुहोस्। उनको जन्म अगस्ट १ मा भएको हो।’ ‘प्यारो छोरालाई दुनियाँमा स्वागत गर्न पाउँदा कति खुशी छु भनेर व्यक्त कुनै शब्द छैन,’ उनले इन्स्टाग्राममा क्याप्सन लेखेकी छन्। इलियानाले तस्बिर सार्वजनिक गरेसँगै बधाई आइरहेको छ।

इलियानाको विवाह भएको छैन। उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेट गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। केही समयअघि दुवै विक्की कौशल र कट्रीनासँग देखिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>