मनोरञ्जन

फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति चलचित्र संघ असन्तुष्ट

Banner

काठमाडौं साउन १७-

फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति फिल्म हल तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघले आपत्ति जनाएको छ । फिल्मको कमाइ सार्वजनिक गरेकोप्रति असहमति जनाउँदै संघले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र संघबाट प्रेषित पत्र प्राप्त भएको बताए । चलचित्र संघका कानुनी सल्लाहकार जयलाल भण्डारीले केही दिनअघि उक्त पत्र बोर्डलाई पठाइएको पुष्टि गरे । साथै चलचित्र संघले बोर्डको जवाफ हेरेर कानुनी उपचारमा जाने कि नजाने भन्ने निर्क्योल हुने पनि संघका एक सदस्यले बताए ।

चलचित्र विकास बोर्डले यस आर्थिक वर्षदेखि फिल्मको कलेक्सन सार्वजनिक गरिरहेको छ । मन्त्रालयसँग समन्वय गरेर कमाइ सार्वजनिक गरिरहेको बोर्डको भनाइ छ । बोर्डले गत असार मसान्तसम्म अघिल्लो आर्थिक वर्षमा प्रदर्शनमा आएका विदेशी र स्वदेशी फिल्मको कमाइ पनि सार्वजनिक गरेको थियो ।

व्यक्तिको निजी व्यापारको तथ्यांक सार्वजनिक गर्न नमिल्ने भन्दै प्रदर्शक र वितरकले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएका छन् । तर चलचित्र विकास बोर्ड चाहिं फिल्म क्षेत्र नाफाघाटाको व्यापार मात्र नभएर सांस्कृतिक तथा सिर्जनशील उद्योग पनि भएकाले कमाइ सार्वजनिक गर्न मिल्ने बताउँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>