मनोरञ्जन

कलाकार निरौला (कक्रोज) राइडिङ सेयर एप सवारीको ब्रान्ड एम्बेसडर बने

Banner

काठमाडौं, साउन १६-

कलाकार हरिस निरौला (कक्रोज) राइडिङ सेयर एप सवारीको ब्रान्ड एम्बेसडर बनेका छन्।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सवारीले उनलाई एम्बेसडर बनाएको हो। नेपाली युवाहरू मिलेर बनाएको एपले देशका विभिन्न सहरमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेछ। यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलै अनलाइन सेवा लिन सकिनेछ।

कार्यक्रममा बोल्दै हरिसले नेपाली युवाहरूले निर्माण गरेको एपलाई प्रयोग गर्न अनुरोध गरे। आफू सवारीको प्रचार प्रसारको लागि सधैं जिम्मेवार रहने उनले बताए। प्रसिद्ध नेपाल र खगेन्द्र नेपालले मिलेर यो एपको सुरूवात गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>