मनोरञ्जन

डान्सर सुशान्त खत्री हिमालय रोडिजसँग जोडिए

Banner

काठमाडौं, साउन ११-

हिमालय रोडिज सिजन-५ सँग डान्सर सुशान्त खत्री जोडिएका छन् । रोडिजले आधिकारिक सामाजिक सञ्जालको ह्यान्डलबाट टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

हिमालय रोडिजको पाँचौं सिजनको प्रसारण साउन १५ गतेदेखि हुने जनाइएको छ । उनले प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका हुन् या होइनन् भन्नेबारे खुलाइएको छैन । यद्यपि यसबारे संकेत गरिएको छ । रोडिजले लेखेको छ, ‘उत्साहपूर्ण समाचार, सुपरस्टार डान्सर सुशान्त खत्री हिमालय रोडिजसँग जोडिएका छन् । के उनले प्रतिस्पर्धीको रुपमा भाग लिन लागेका हुन् । पक्कै पनि यसको उत्तरले तपाईंलाई चकित तुल्याउने छ ।’

सुशान्तलाई भिडियोमा प्रस्तुत गर्दै रोडिजले टिजर सार्वजनिक गरेको हो । जसमा सुशान्त र निर्देशक सिमोस सुनुवारलाई एकसाथ देख्न सकिन्छ । साथै, रोडिज स्क्रिप्टेड नरहेको भन्दै सहभागीको घाउचोटको दृश्यलाई पनि दर्शाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>