मनोरञ्जन

‘मुन्द्रेको गाईजात्रा’ ल्याउने जितु नेपालको तयारी

Banner

काठमाण्डौँ , साउन १०
हास्य कलाकार जितु नेपालले गाईजात्राको योजना सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालले गाईजात्रा आउन एक महिना अघि नै आफ्ना योजना अघि सारेका हुन् ।

यसपटक मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धन, पुराना दलहरुको स्थिति, नयाँ दल, चुनाव ताका देखिएको परिवर्तन, जनताको चाहना लगायतका मुद्दालाई गाईजात्राको विषयवस्तु बनाउने जितुको योजना रहेको उनले बताएका छन् ।

जितुसहित उनको टिमले गाईजात्राको प्रस्तुति दिने भएको छ । कमेडी क्लबको टोलीले उनीसँग सहकार्य गर्दैछ । यसअघि तीते जिरे मेरी बास्सै गाईजात्रा प्रज्ञा प्रतिष्ठानमा गरिएको स्मरण गर्दै उनले कोरोना र अन्य कारणले निरन्तरता दिन नसकिएको पनि बताएका छन् ।

भदौ १४ गते गाईजात्रा पर्व मनाइँदैछ । हास्य कलाकार अहिल्यैदेखि गाईजात्राको तयारीमा कस्सिएका छन् । अभिनेता तथा कमेडियन जितु नेपालले गाईजात्रा आउन एक महिनाको समय बाँकी रहँदादेखि नै गाईजात्रा योजना सार्वजनिक गरेका छन् ।

‘मुन्द्रेको गाईजात्रा’लाई घरमै बसेर दर्शकले निःशुल्क हेर्न पाउने उनले जानकारी दिएका छन् । फेसबुकमा यसबारे पोस्ट गर्दै उनले भदौ १० देखि १६ गतेसम्म आफूले सञ्चालन गर्ने जनाएका छन् । गाईजात्रा रंगमञ्चमा नभएर ‘जितु कमेडी’ युट्युब च्यानलमा हेर्न सकिने उनको भनाइ छ ।

अर्का हास्य कलाकार मनोज गजुरेलले पनि गाईजात्रा ल्याउने तयारी गरेका छन् । केही दिनमा यसबारे विस्तृत सार्वजनिक गर्ने गजुरेलको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>