मनोरञ्जन

करिश्माको प्रश्नः कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ?

Banner

काठमाडौँ, साउन ३-

नायिका करिश्मा मानन्धरले काठमाडौँ महानगरपालिकाले आफ्नो नयाँ चलचित्र ‘बगान’ लाई कारबाही गर्दा फाइदा पुगेको बताएकी छन् । मानन्धरले सामाजिक सञ्जालमा भनेकी छन्, ‘महानगरले हामीलाई ५० हजारको जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो । कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान । जय बालेन ।’

सरोज खनालद्वारा निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रमा सरोज खनाल र करिश्मा मानन्धरसहित आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ । काठमाडौँका भित्ताहरूमा चलचित्रको पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगरले ‘बगान’ लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>