मनोरञ्जन

पोस्टर टाँसेर विज्ञापन गरेको भन्दै बगान चलचित्रलाई काठमाडौं महानगरको ५० हजार जरिवाना

Banner

काठमाडौं,साउन २-

काठमाडौं महानगरपालिकाले फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै फिल्म बगान लाई ५० हजार जरिवाना तिराएको छ। मंगलबार सरोज खनाल निर्देशित फिल्म बगानलाई ५० हजार जरिवाना तिराएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए।

महानगरले जरिवाना तिराएपछि फिल्मका निर्माता सुरेश वाग्लेले फेसबुकमा स्टाटस लेख्दै गुनासो समेत पोखेका छन्। ुबालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला, उनले पैसा तिरेको रसिद राख्दै लेखेका छन्, हाम्रो जानकारीबिना हाम्रा वितरकले भित्तामा टाँसेको पोस्टरलाई महानगरले ५० हजार जरिवाना तिराएछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>