मनोरञ्जन

बगानमा सरोजले एकदमै राम्रो विषय उठाउनुभयो जुन विषयवस्तु उठाउन मुटु चाहिन्छः दीपाश्री

Banner

काठमाडौंँ, असार २८-

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘बगान’ले फिल्म क्षेत्रमा एउटा क्रान्ति छेड्ने बताएकी छन् । बुधबार प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले ‘बगान’ले फिल्म क्षेत्रमा क्रान्ति छेड्ने बताएकी हुन् ।

‘बगानले जुन विषयवस्तु उठाएको छ । त्यो उठाउन मुटु चाहिन्छ’, उनले भनिन् ‘सरोज खनालले एकदमै राम्रो विषय उठाउनुभयो ।’ सरोज खनालको अभिनय जस्तै निर्देशनमा पनि अब्बल काम गरेको उनको भनाइ छ ।

कार्यक्रममा निरौलाले अभिनेत्री करिश्मा मानन्धरको अभिनयको पनि तारिफ गरिन् । ‘करिश्माको अभिनय एकदमै राम्रो छ,’ उनले भनिन् ।

सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्माको सरोज खनाल, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>