मनोरञ्जन
अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने पोस्ट हालेको भन्दै साइबर ब्युरोमा आँचलको निवेदन
०

काठमाडौं, असार २४-
अभिनेत्री आँचल शर्माले दुई फेसबुक एकाउन्टविरुद्ध उजुरी दिएकी छन् । आफ्नो चरित्रमा आँच आउने ढंगले सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै आँचलले दुई फेसबुक एकाउन्टविरुद्ध हिजो उजुरी दिएकी हुन् । कानूनी कारबाही गर्न भन्दै उनले हिजो साइबर ब्युरोमा निवेदन दिएकी छिन्।
आँचलको निवेदनमा ‘आफ्नो अनुमतिबिना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कारबाही गरी पाऊँ’ भनी लेखिएको छ ।उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्बिर, अक्षर स्क्रिन सट पनि पेश गरेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















