मनोरञ्जन

सारुकको आत्महत्यापछि केकीले भन्नि: फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं

Banner

काठमाडौं, असार २२-

अभिनेत्री केकी अधिकारीले फिल्मको योजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग राख्न जरुरी भएको बताएकी छन् ।

बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘हामीले चलचित्र निर्माता र मिडिया उद्योगका प्रतिनिधिको रूपमा हाम्रो बजेट योजना बनाउँदा वा चलचित्र हस्ताक्षर गर्दा, निर्माणको समयमा सम्पूर्ण कलाकार तथा प्राविधिक सदस्यहरूका लागि मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राखिन जरुरी भइसकेको छ । सार्वजनिक स्पटलाइटमा हुनुको लागत अकल्पनीय हुन सक्छ, बेलैमा सबै मिली यसलाई गम्भीरताका साथ लिऔं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>