बलिउड/हलिउड

पारिश्रमिक नपाएपछि जब अक्षयले निर्माताको पंखा र रेकर्डर बेचिदिए

Banner

असार २१-
अक्षय कुमार एक वर्षमा ४ देखि ५ फिल्म गर्ने बलिउड अभिनेता हुन्। करियरको सुरुवातमा उनले साना भूमिका, साना बजेटका चलचित्रमा समेत गरे। र त्यसमा पनि निर्माताले पैसा नदिँदा कयौंपटक पैसा असुल्न विभिन्न उपाय अपनाए।

बलिउडमा अक्षय कुमारको कुनै फिल्मी पृष्ठभूमि थिएन। आजको स्थानमा पुग्न उनले निकै मिहिनेत गरेका छन्। फिल्म गरेर पनि पैसा नपाउँदा उनले त्यो पैसा आफ्नै तरिकाले असुल्ने गर्थे।

एक पटक अक्षयको ७५ हजार रुपैया रोकियो।

अक्षय कुमार आफ्नो करिअरको सुरुवाती दिनमा त्यो चरणबाट गुज्रिए। उनलाई सानो रकम पनि बहुमूल्य हुन्थ्यो। आफ्नो बक्यौता जुटाउन कहिले बिरामीको बहाना बनाउँथे, कहिले भाडा तिर्नुपर्छ भन्थे। कहिले घर किनेको किस्ता तिर्नुपर्छ भन्थे। चर्को खर्च भन्दै निर्माताबाट पैसा उठाउने गर्थे।

एक यस्तो निर्माता थिए, जसको अगाडि अक्षयले कुनै बहाना बनाउन सकेनन्। उनले अभिनेताको ७५ हजार रोकेका थिए। एकदिन अक्षय कुमार निर्माताको घर पुगे।

अक्षयले घरको घण्टी बजाए। ढोका खुल्यो। निर्माताले डराएर हेरिरहेका थिए। उनीहरूलाई लाग्यो कि उनी यहाँ हंगामा गर्न आएका हुन्, किनभने अक्षय कुमार एक एक्सन हिरो थिए र उनको व्यक्तित्व पनि डरलाग्दो थियो।

अक्षय कुमार घरभित्र गए र नियालेर हेरे। निर्माताको बैठक कोठामा एउटा ठूलो म्युजिक सिस्टम राखिएको थियो। त्यहाँ प्यानासोनिक रेकर्डर थियो ,जुन त्यतिबेला निकै लोकप्रिय थियो। उनले त्यो रेकर्डर एक हातमा उठाए। त्यसपछि अर्को कोठामा पंखा देखे। उनले हातमा पंखा र रेकर्डर लिएर घरबाट निस्किए।

निर्माताले एक शब्द पनि बोल्न सकेनन्। किनभने उनलाई थाहा थियो कि धेरै बोल्यो भने कुटपिटमा अक्षय उत्रिन सक्छन्। पछि यो सामान अक्षयले बेचे। विक्रीबापत् उनले १८ हजार रुपैयाँ पाए। बाँकी पैसाको घाटा उनले व्यहोर्नुपरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>