Uncategorized

पहिराले पृथ्वीराजमार्ग अवरुद्ध

Banner
दमौली,असार २०-
तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा आज साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।  साँझ ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
राजमार्ग खुलाउनका लागि चिनियाँ कम्पनी, स्थानीय पालिका तथा अन्य मानिसको समेत सहकार्यमा पहिरो पन्छाउने काम भइरहेको छ । तनहुँ हुँदै कास्की पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक बाटो दमौली भोर्लेटारचोकबाट कलेस्ती हुँदै पोल्याङका लागि डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।
पहिरो स्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीसमेतको विपद् व्यवस्थापन प्रहरी टोली र इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी परिचालन गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>