मनोरञ्जन

रेखा थापाको फिल्मबाट गायिका एलिना चौहानले गरिन् पार्श्वगायनमा डेब्यु

Banner

काठमाडौं, असार १९-

रेखा थापाले निर्माण गर्न लागेको फिल्मबाट गायिका एलिना चौहानले पार्श्वगायनमा डेब्यु गरेकी छन् । गुरुपूर्णिमाको अवसरमा सोमबार एलिना र बाबुल गिरीको स्वरमा गीत ‘ओए काली ओए काली’ रेकर्ड भएको छ । गीतमा बाबुलको संगीत र शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

निर्देशक ज्ञानेन्द्र देउजाले गीत रेकर्डसँगै फिल्मको निर्माण कार्य सुरु भएको बताए । रेखा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिने तयारी छ । रेखा र पूजा शर्माको शीर्ष भूमिका हुने यो फिल्मको छायांकन भदौ पहिलो सातादेखि सुरु हुने जनाइएको छ ।

सामाजिक र प्रेमको कथावस्तुमा बन्न लागेको यो फिल्मको पटकथा अभिमन्यू निरवीको छ । दुई महिला पात्रलाई शीर्ष भूमिकामा लिएर बनाउन लागिएको यो फिल्मका अन्य कलाकार तय गर्न बाँकी छ । केही महिना पहिले नै यो फिल्म निर्माणबारे चर्चा चलेको थियो । सबै छायांकन काठमाडौं र उपत्यका आसपासका क्षेत्रमा गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>