Breaking News
देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमाले, कहिले कांग्रेससँग गठबन्धन गरेर म प्रधानमन्त्री बनेः प्रचण्ड

काठमाडौँ, असार १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनामा जाने सम्भावना देखेर आफू प्रधानमन्त्री बनेको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको बताएका हुन् ।
जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’
यस्तो गर्दा आफूलाई विचित्रको अनुभव भएको पनि बताउँदै उनले भने, ‘मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु ।’


























