Breaking News
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
०

चितवन,असार १७-
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । दिनभर पहिरो पन्छाएपछि साँझ ५ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । झण्डै १७ घण्टा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति १२ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























