Breaking News
ठाउँ ठाउँमा खसेको पहिरोले नारायणगढ मुग्लिन सडक खण्डमा यात्रुले भोगे सास्ती (फोटोफिचर)
०

चितवन, असार १६–
बिहीबार दिउँसोदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड शुक्रबार साँझ ५ः३० बजेपछि मात्रै खुल्यो । केहीबर खुल्ने र रोकिने क्रम भने रोकिएको थिएन । राति पुनः ३ बजेबाट ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको सडक विहान १० बजे एकतर्फी खुलाएर सवारी आवातजावत गराइएको थियो । तर पहिरो खस्ने क्रम नरोकिएपछि पुनः केही घण्टा सवारी साधन ठप्प भए ।
यात्रुहरु पहिरोको जोखिमकै बीच यात्रा गर्न बाध्य थिए । पहिरो हटाउने वित्तिकै मोटरसाइकल र अन्य सवारी साधन तछाडमछाड गर्दै पहिरोको क्षेत्र पार गर्दै थिए । पहिरोको कारण सयौं सवारी साधनहरु सडकमै रोकिएका थिए ।
तस्वीरः राजु चौधरी/नारायणी अनलाइन









तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























