मनोरञ्जन

मेयर बालेनलाई आधार बनाएर फिल्म ‘मेयर साहेब’ निर्माण हुने

Banner

काठमाडौं,असार १०-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ । ‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए ।

विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>