क्रिकेट

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

Banner

काठमाडौं,असार ९-

आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा हुने खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक छ । समूह ए बाट सुपर सिक्समा स्थान बनाउन नेपालका लागि आजको खेल फाइनल जस्तै हो ।

नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ । यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । र, नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।

नेपालले नेदरल्यान्ड्सविरुद्ध प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>