मनोरञ्जन

बालेनको निर्णयमा दीपकराजको असन्तुष्टि, गलत अर्थ लाग्नसक्छ सबै भारतीय फिल्म बन्द नगरौं

Banner

काठमाडौं,असार ३-

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि आम चलचित्रकर्मीमा खुशी छाएको छ । तर, नेपाली चलचित्रकै एक स्थापित निर्माताले भने असन्तुष्टि जनाएका छन् । यसरी असन्तुष्टि जनाउने अरु कोही नभएर उनै दीपकराज गिरी हुन् । यसअघि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दा आलोचना गरेका गिरीले आदिपुरुषलाई लिएर बालेनले लेखेको स्टाटसलाई भने समर्थन जनाएका थिए । तर, आज फेरि उनले असन्तुष्ट वक्तव्य दिएका छन् ।

गिरीले ‘आदिपुरुष’ माथि रोक लगाउनु जायज भए पनि अन्य भारतीय फिल्महरू रोक्न नहुने तर्क गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुषमात्रै बन्द गरौं ।’ भारतबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्नसक्ने उनको चिन्ता छ । ‘उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ ? ’ उनको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>