बलिउड/हलिउड

प्रभासको आदिपुरुषु ले नेपालमा कति कमायो ?

Banner

काठमाडौं, असार ३-

दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म ‘आदिपुरुष’ गत शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। प्रदर्शन हुनुअघि नेपालमा फिल्मको विरोध भएको थियो। फिल्ममा ‘सीता भारतकी छोरी  हुन्’ भन्ने संवाद प्रयोग गरिएको भन्दै विवाद भएको हो।

विवादित संवादका कारण शुक्रबार बिहानी शो बन्द गरिएको थियो। असुरक्षाका कारण देखाउँदै हलवालाहरूले फिल्मको बिहानी शो बन्द गरेका थिए। शुक्रबार ११ बजेपछि फिल्म प्रदर्शन गरिएको थियो। फिल्मले नेपालमा औसत कमाइ गरिरहेको छ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार फिल्मले शुक्रबार र शनिबार दुई दिनमा १ करोड ५० लाखबढी कमाइ गरेको छ। उक्त जानकारी बोर्डका सदस्य रवि अधिकारीले दिएका हुन्।

उपत्यका बाहिर सबै ठाउँमा बक्स अफिस जडान नभएको हुँदा बोर्डको तथ्यांकभन्दा कमाइ केही बढी हुने बताएको छ।

फिल्मले दर्शक तथा समीक्षकबाट नकारात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भनिरहेका छन्।

भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भइरहेको छ। कमजोर पटकथाका कारण समीक्षकले निर्देशक ओम राउतको सबैभन्दा कमजोर फिल्म बताएका छन्।

फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>