बलिउड/हलिउड

बलिउड चलचित्र ‘आदिपुरुष’ विरुद्ध दिल्ली अदालतमा मुद्दा

Banner

नयाँदिल्ली,असार २–

रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि विवादमा परेको छ ।

चलचित्रमा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्‍याएको भन्दै हिन्दु सेनाले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च न्यायालयमा रिट दायर गरेको हो । यस याचिकामा हिन्दु सेनाले ‘आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।

हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च न्यायालयमा जनहित याचिका दायर गरेको जानकारी दिए । ‘आदिपुरुष’ विरुद्ध दायर रिट निवेदनमा भनिएको छ– ‘यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो। जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।

निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ ।

महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा व्याख्यासमेत गरी नयाँ नयाँ अविश्वसनीय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिङ्गरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्‍यापर जस्तो भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दु महाकाव्य रामायणमा आधारित चलचित्र हो । चलचित्रमा प्रभास ‘भगवान राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । यो सँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् ।

ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो चलचित्रमा निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो । अहिले यो चलचित्र रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

नेपालमा पनि ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद राखेपछि काठमाडौं महानगरपालिकाले सो चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । अन्ततः सेन्सर बोर्डले सो संवाद विप गरे पछि नेपालमा प्रदर्शन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>