बलिउड/हलिउड

रणवीर र आलियाको फिल्म ‘रामायण’ मा यशले गरे रावण बन्न अस्वीकार

Banner

काठमाडौं, जेठ ३०-

यतिबेला नितेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘रामायण’ चर्चामा छ। फिल्ममा रणवीर कपूर र आलिया भट्ट राम-सीताको भूमिकामा देखिनेछन्। यसैबीच रावणको भूमिकामा दक्षिण भारतीय अभिनेता यश देखिने चर्चा चलेको थियो।

निर्माण टिमले यशलाई रावण बन्ने प्रस्ताव राखेका थिए। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनले रावण बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। यशलाई फिल्मको स्क्रिप्ट मन परेको थियो। तर नकारात्मक भूमिका हुँदा उनले फिल्म अस्वीकार गरेका छन्। यतिबेला नकरात्मक भूमिकामा देखिँदा फ्यान निराश हुन सक्ने बताउँदै उनले फिल्म अस्वीकार गरेका हुन्।

यसअघि फिल्ममा रावणको भूमिका ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियो।’वार २’,’फाइटरु र’कृष ४’ साइन गरेसँगै उनले’रामायण’ मा समय दिन नसक्ने बताएका थिए।

यसै वर्षको अन्तिमबाट फिल्मको छायांकन सुरू हुने बताइएको छ। फिल्ममा अल्लु अरविन्द, मधु मन्टेना र नमित मल्होत्राको लगानी रहनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।

यश आफ्नो आगामी फिल्म ‘यश १९’ मा व्यस्त छन्। ग्याङस्टार जनराको फिल्मलाई गीतू मोहनदासले निर्देशन गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>