क्रिकेट

एसीसी महिला टी-२०:नेपाल पाकिस्तानसँग पराजित

Banner

काठमाडौं,जेठ ३०-

एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान एसँग पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ९ रनको हार ब्यहोर्यो ।

नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए तर त्यो जितका लागि पर्याप्त भएन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ६ विकेटको क्षतिमा नेपालले ७८ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>