क्रिकेट

जिम्बाब्वेमा वार्मअपः नेपाल र यूएई भिड्दै

Banner

काठमाडौं, जेठ ३०–

आईसीसी विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा वार्मअप खेलहरु हुँदैछन्। नेपालले चिरप्रतिद्वन्द्वी यूएईसँग पहिलो वार्मअप खल्दैछ। ओल्ड हेनरिज क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि खेल हुनेछ।

विश्वकप छनोट खेल्ने १० मध्ये टेस्ट मान्यता प्राप्त देशसँग वार्मअप खेल्न नपाउने नेपाल एक्लो मुलुक हो। त्यसैले नेपालले यूएई र ओमानसँग वार्मअप खेल खेल्दैछ।

नेपालले यसअघि दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेल्दा दुवैमा पराजित भएको थियो। दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ।

यूएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ। पछिल्ला चार खेलदेखि यूएईविरुद्ध नेपाल अपराजित छ। नेपालले दोस्रो वार्मअप खेल बिहीबार ओमानसँग खेल्ने छ।

विश्वकप छनोटमा नेपालले असार ३ गते आयोजक जिम्बाब्वेको सामना गर्नेछ। नेपाल समूह ए मा घरेलु टोली जिम्बाब्वे, बलियो वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्ससँगै छ। समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमन र यूएई छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>