Breaking News
ओलीसहित अरु नेतामाथि आक्रमण भइरहँदा प्रहरी मौन बस्यो, सत्ता पक्ष हामीसँग भिड्न खोज्नुभएको हो: भट्टराई

काठमाडौं,जेठ २६-
नेकपा एमाले सांसद योगेश भट्टराइले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराइले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले एमाले नेताहरूमाथि आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाए । एमालेमाथि पटकपटक आक्रमण भइरहेकोले स्वीकार्य नहुने भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागे ।
उनले भने, ‘प्रदेशको नाम हामीसँग सरोकारको विषय होइन । प्रदेशले नै राख्ने हो । कसैलाई नाम चित्त बुझेको छैन भने वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे हामीलाई स्वीकार्य छ । तर, देशलाई अराजतका र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन ।’
पहिचानवादीको आन्दोलनमा सत्ताधारी दलका केही प्रतिनिधिले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई आक्रमण गरेको भट्टराईको भनाइ थियो ।
उनले प्रश्न गरे, ‘सत्ता पक्ष हामीसँग भिड्न आउन खोज्नुभएको हो ?’


























