Breaking News

अर्थमन्त्री डा.महत केपी ओली र रवि लामिछानेसँग छलफल गर्दै

Banner

काठमाडौं,जेठ २३-
करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग संवाद गरेका छन् ।खासगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय स्वतन्त्र पार्टी(राप्रपा) ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी प्रश्न उठाएका छन् ।

यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । नेताहरुको छलफल नयाँ वानेश्वरस्थित संसद भवनमा जारी रहेको अर्थमन्त्री निकट स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>