बलिउड/हलिउड

आयुषले भने, ‘पैसा र प्रसिद्धिको लागि बिहे गरेको होइन, अभिनेता बन्न सलमानकी बहिनीसँग सम्बन्ध जोडेको पनि थिइनँ’

Banner

जेठ १९-

अभिनेता आयुष शर्माले सलमान खानकी बहिनी अर्पितासँग पैसा र प्रसिद्धिको लागि बिहे नगरेको बताएका छन् । आयुषले अर्पितालाई माया गर्ने भएकाले उनीसँग बिहे गरेको बताएका छन् ।

अभिनेता बन्नका लागि सलमान खानसँग सम्बन्ध गाँसेको भनेर आफूलाई धेरैले आरोप लगाउने गरेको उनले बताए । तर यस्तो आरोपमा उनलाई दुःख लाग्ने आयुष बताउँछन् । अर्पिता र उनको परिवारलाई सत्य के हो भन्ने थाहा भएको अभिनेताको भनाइ छ । त्यसैले यस्तो ट्रोल गर्नुको कुनै अर्थ नभएको पनि उनी बताउँछन् ।

आयुषले भने, ‘मानिसहरूलाई लाग्छ कि म सलमान खानको पैसा उडाइरहेको छु’

बम्बे टाइम्ससँग कुरा गर्दै आयुषले भने, ‘जब म छुट्टीमा जान्छु, मानिसहरूले मलाई ट्रोल गर्न थाल्छन् । ट्रोलर्स भन्छन् कि म सलमान खानको पैसा उडाउँदै छु । हाम्रो विवाहमा सलमान खानले हामीलाई रोल्स रोयस कार उपहार दिएका कथाहरू पनि छन् । त्यो रोल्स रोयस कहाँ छ भनेर म अहिले पनि सोच्छु ।’

आयुषले बिहेपछि सलमानबाट महँगो उपहार पाएको भन्ने सबै अफवाहलाई खण्डन गरेका छन् ।

अर्पितालाई माया गर्थेँ त्यसैले बिहे गरेँ’ 

आयुषले आफ्नी श्रीमती अर्पिताको बारेमा पनि कुरा गरेका छन् । उनले भने, ‘अर्पिता आँटिली र साहसी महिला हुन् । उनलाई साथीको रूपमा पाउनु सौभाग्य हो । उनी को हो भनेर स्वीकार गर्न समस्या छैन । उनलाई ट्रोलिङले खासै तनाव दिँदैन किनभने उनी फिल्मी ब्याकग्राउन्डबाट आउँछिन् र उनले यो सबै देखेकी छिन् । म उनलाई प्रेम गर्थेँ त्यसैले उनलाई विवाह गरेँ ।’

अर्पिता र आयुषको विवाह १८ नोभेम्बर २०१४ मा हैदराबादको होटल फलकनुमामा भएको थियो । यो विवाहमा सलमान निकै खटेका थिए । विवाहपछि मुम्बईमा भव्य रिसेप्सन पार्टी पनि राखिएको थियो । अर्पिता सलिम खानकी धर्मपुत्र छोरी हुन्, सलमानले आफ्नो बहिनीलाई भन्दा उनलाई बढी माया गर्छन्

अर्पिता सलिम खानकी धर्मपुत्री हुन् । सलिम खानले हेलेनसँग विवाह गरेपछि उनी सलमानको परिवारमा आएकी थिइन् । हेलेन र सलिम खानको कुनै सन्तान थिएनन्, त्यसैले उनीहरूले अर्पितालाई सन्तानको रूपमा अपनाए । त्यसयता उनी खान परिवारकी सदस्य हुन् ।

खान परिवारका सबैले उनलाई धेरै माया गर्छन् । विशेष गरी सलमान उनलाई धेरै नै माया गर्छन् । उनले सलमानको प्रसिद्ध पनवेल फार्म हाउसको नाम पनि अर्पिताको नाममा राखेका छन् । सलमानकी दिदी अलविरा पनि अर्पितालाई धेरै माया गर्छिन् ।

आयुष राजनीतिक पृष्ठभूमिका हुन्

आयुष शर्माको परिवार हिमाचल प्रदेशको मण्डी सहरको हो । उनका बुबा अनिल शर्मा राजनीतिसँग सम्बन्धित छन् र उनी हिमाचल प्रदेशमा मन्त्री भइसकेका छन् । यति मात्र होइन आयुषका हजुरबुवा सुखराम शर्माको हिमाचल प्रदेशको राजनीतिमा ठुलो नाम थियो । सुखराम पाँच पटक विधायक र तीन पटक सांसद भएका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>