घटना -दुर्घटना

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा २’ को टिम चढेको बस दुर्घटना, दुई कलाकार घाइते

Banner

काठमाडौं, जेठ १८-

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म ‘पुष्पा २’को छायांकन भइरहेको छ।  फिल्मको छायांकन भइरहँदा ुपुष्पा २ु टिम चढेको बस दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार हैदवाद-विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो।

उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो। दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तर निर्माण टिमले घाइते हुने कलाकारको नाम सार्वजनिक गरेका छैनन्।

केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरमा पुष्पा जेलबाट फरार भएको प्रसंगलाई देखाइएको थियो।

टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको कौतुहलता बढेको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>