Breaking News

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

Banner

काठमाडौं, जेठ १६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्न लागेको छ। ७४ जिल्लामा संगठन पुर्‍याएको रास्वपाले प्रतिनिधि सभाको १६५ क्षेत्रमै समिति विस्तार गर्न लागेको पार्टीका उपाध्यक्ष डिपी अर्यालले जानकारी दिए।

‘अहिले बनाउन लागेको तदर्थ समिति हो। महाधिवेशनअघि बनेका सबै समिति तदर्थ रहनेछन्। निर्वाचन क्षेत्रमा प्रमुखसहित ५ जनाको समिति रहनेछ,’ अर्यालले भने।

अहिले प्रारम्भिक निर्वाचन भएको पनि उनले बताए। ‘उम्मेदवारी परेका ठाउँमा आज (जेठ १६ गते) बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म मतदान गर्न मिल्नेछ,’ उनले भने, ‘उम्मेदवारी नपरेको ठाउँमा पछि निर्वाचन हुनेछ।’

सम्बन्धित निर्वाचन क्षेत्रका सदस्यले प्रत्यक्ष मत हाल्न पाउने पाउने निर्वाचन मोबाइल एपमार्फत् हुने उनले बताए।

‘मोबाइल एप डाउनलोड गरेर सदस्यता लिने र आफ्नो निर्वाचन क्षेत्रका लागि मतदान गर्न पाइनेछ, नतिजा एक–दुई दिनभित्रै सार्वजनिक गरिनेछ,’ उनले भने।

यसपछि प्रदेश सभा र पालिका तहको समिति बन्ने पनि जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>