मनोरञ्जन

पारिश्रमिक नपाएकोबारे बुद्धिको गुनासो : उठाउनुपर्ने रकम एक करोडभन्दा बढी छ

Banner

काठमाडौं,जेठ ११-

अभिनेता बुद्धि तामाङ अहिलेका निकै व्यस्त कलाकार हुन् । फिल्मदेखि देश–विदेश दौडाहामा उनलाई भ्याइनभ्याइ छ । फिल्ममा उनी यति व्यस्त छन् कि एक वर्षसम्मै उनको फिल्म ‘लाइनअप’ प्याक छ । फिल्म वृत्तमा ‘इमान्दार’ छविको रुपमा चिनिने तामाङले काम गराइको तीतो यथार्थ मिडियासामु पोखेका छन् ।

कामप्रतिको आफ्नो लगावलाई फिल्म निर्मातादेखि धेरै साथीभाइले उपयोग गर्न खोजेको गुनासो उनले गरे । फिल्ममा काम गरेअनुसार पारिश्रमिक नपाएकोदेखि सापटी लिएर फिर्ता नगर्नेसम्मको हैरानी उनका छन् । उनले आफ्नो घरमा झण्डै ६० जति चेक साट्न बाँकी रहेको बताए ।

‘ती चेक साटेबापत उठाउनुपर्ने रकम एक करोडभन्दा बढी छ,’ उनले भने । तर उनले कुन फिल्म र व्यक्तिबाट पारिश्रमिक लिन र चेक साट्न बाँकी हो भन्ने खुलाएनन् । ‘१५-२० वटा चेक साटिएला भन्ने त आशा मारिसकें,’ उनले गुनासो पोखे ।

‘केहीले समाजसेवाजस्ता उद्देश्य राखेर फिल्मको प्रस्ताव ल्याउनुहुन्छ । ती फिल्मलाई या त निकै कम शुल्क र निःशुल्क पनि गरेको छु,’ उनले भने । उनले आफ्नो रेट तोकेको जानकारी समेत दिए ।

‘छक्कापञ्जा’ र ‘कबड्डी’ सिरिजले आफूलाई दर्शकमाझ चिनाएको उनले बताए । बुद्धि फिल्ममा हैट थेगोले पनि चर्चित छन् । बुद्धि अभिनित पछिल्ला छक्कापञ्जा ४ र कबड्डी ४ ब्लकबस्टर फिल्महरु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>