चितवन विशेष
चितवनकी मुना रिजालले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै
०

चितवन, जेठ ११-
भरतपुर चितवनकी २७ वर्षीया मुना रिजाल दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। यही गत जेठ ४ गते राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ को उपाधि जितेकी रिजाल दक्षिण अफ्रिकामा आगामी सेप्टेम्बर २३ मा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालबाट प्रतिनिधित्व गर्ने भएकी हुन् ।
प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा मुनाले नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन्। साथै उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।
त्यस्तै उक्त प्रतियोगीताका लागि रिजाल सेप्टेम्बर ७ मा दक्षिण अफ्रिका पुग्नेछिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>