बलिउड/हलिउड
अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ डिसेम्बरमा
०

काठमाडौँ, जेठ ११-
अल्लु अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २स् द रुल’ डिसेम्बर २२ देखि प्रदर्शनमा आउने भएको छ । सुकुमार निर्देशित फिल्ममा अल्लुसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहेको छ ।
भारतीय सञ्चारमाध्यले बुधबार फिल्मबारे नयाँ समाचार सार्वजनिक गरेका छन् । त्यो हो, ‘पुष्पा २ः द रुल’ मा बलिउड अभिनेता रणवीर सिंह पनि देखिने भएका छन् । सञ्चारमाध्यमले उनी प्रहरीको भूमिकामा देखिने जनाएका भए पनि फिल्म निर्माण टिमले भने आधिकारिक रूपमा कुनै जानकारी दिइसकेका छैनन् ।
सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को सिक्वेल हो, ‘पुष्पा २स् द रुल’ । यसका हाल धमाधम छायांकन चलिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>