बलिउड/हलिउड

शाहरूख खानका छोरालाई फसाउनेले २५ करोड मागेको खुलासा

Banner

काठमाडौं, जेठ २-

बलिउड अभिनेता शाहरूख खानको छोरा आर्यन खानलाई ड्रग्स केसमा फसाउनेले २५ करोड मागेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार पूर्व एनसिबी मुम्बईका प्रमुख समीर वानखेडेले २५ करोड मागेका हुन्।

आर्यनको ड्रग्स केसमा सिबिआईले छानबिन गरिरहेको थियो। छानबिनको क्रममा केपी गोसावीलाई सिबिआईले साक्षीको रूपमा पेस गरेको छ। वानखेडेले २५ करोड माग गरे पनि गोसावीले १८ करोडमा सम्झौता पक्का गराएका थिए। त्यसबाट उनले ५० लाख कमिसन पाएका थिए। यस केसलाई गोसावी पनि हेरिरहेका थिए।

सिआइबीले गत शुक्रबार वानखेडेको घरमा छापा मारेको थियो। उक्त केसमा वानखेडेकी श्रीमती क्रान्ति रेडकरले आफ्नो श्रीमानलाई फसाएको बताएकी छन्। ‘मेरो श्रीमानलाई गलत आरोप लगाइएको छ। हामी यस आरोपको छानबिनमा सिबिआईलाई पूरा सहयोग गर्नेछौं। हामीलाई कानुन र व्यवस्थामाथि भरोसा छ,’ उनले भनिन्।

सन् २०२१ अक्टोबरमा एनसिबीका तत्कालीन मुम्बईका प्रमुख समीर वानखेडेको नेतृत्वमा मुम्बई इन्टरनेशनल क्रूज शीपमा छापा मारेपछि आर्यन खान र अन्यलाई पक्राउ गरिएको थियो। उक्त शीपमा ड्रग्स बरामद भएको बताइएको थियो।

२२ दिन जेलमा बिताएपछि प्रमाण नपुगेको भन्दै बम्बई उच्च अदालतले आर्यनलाई छाडेको थियो भने एनसिबीको टिम र वानखेडेविरूद्ध मानहानीको आरोप लगाइएको थियो। यस केसमा एनसिबीको ७ अधिकारीविरूद्ध कारबाही गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>