Breaking News
बयानका लागि खाँणलाई लगियो सरकारी वकिलकाे कार्यालय
०

काठमाडौं, जेठ १-
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।
काठमाडौं प्रहरी परिसर टेकुको हिरासतमा रहेका उनलाई बयानका लागि प्रहरीले सरकारी वकिल कार्यालय लगेको हो ।
शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ । उक्त प्रकरणमा पक्राउ परेका खाँणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तर, हिजोमात्र पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । उनलाई आज म्याद थप गर्ने तयारी छ ।
यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























