देश/प्रदेश

ध्यान गर्न नेपाल आएका आमिर खान पुनः आउने बाचा गर्दै फर्किए भारत

Banner

काठमाडौँ, बैशाख २९-

विपाश्यनाका लागि नेपाल आएका आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् । आइतबार नेपाल आएका उनी शुक्रवार बिहान १०स्५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।   बुढानीलकण्ठस्थित विपाश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् ।  आमिर किन एकाएक भारत फर्किए भनेर सोधिएको प्रश्नमा उनले मुम्बईबाट साथी बितेको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएको बताए ।

‘उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो तर मिल्ने साथीको देहान्तको खबर पाएपछि उनले यसलाई बीचमा नै रोक्ने निर्णय गरे । उनी छिटोभन्दा छिटो मुम्बई फर्कन चाहन्थे,’ उनले भने ।

‘फर्किने बेलामा आमिरले पुनः आउने बाचा गरेका छन् । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै उनी हामीबाट बिदा भए,’ सुशीलले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>