समाचार

प्रहरी अनुसन्धान अवरुद्ध नगर्ने सहमति : प्रधानमन्त्री

Banner

काठमाडौं, वैशाख २८–

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शीर्ष नेताबीच सहमति भएको बताएका छन्।

बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने सहमति भएको बताए। उनले दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धतिअनुसार काम गरिरहेको बताए।

उनले भने, ‘सदनलाई कसरी सुचारु लैजाने, त्यहाँ समितिहरु बनाउने विषयमा हामीले छलफल हामीले गर्‍यौँ। त्यही एउटै केसमा होला भनेर तपाईंहरूलाई लागेको छ, त्यो होइन। आशंका गर्नुपर्ने केही कारण छैन। प्रहरीले आफ्नो काम गरेको छ। यसमा आशंका गर्नुपर्ने कारण छैन। विधि, विधानअनुसार प्रहरीले आफ्नो काम गरेको छ। प्रहरीलाई कुनै डिस्टर्ब गर्नु हुँदैन भन्ने हाम्रो सहमति छ।’

त्यसैगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिएकालाई प्रहरीले नछाड्ने बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए। उनले प्रहरीले निर्भीकतापूर्वक र निष्पक्ष ढंगले अनुसन्धान अघि बढाइरहेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>