मनोरञ्जन

११ मेदेखि अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘प्रसाद २’

Banner

काठमाडौं, वैशाख २१

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ अष्ट्रेलियाका विभिन्न हलमा पनि प्रदर्शन हुने भएको छ।

नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मेदेखि अष्ट्रेलियामा फिल्म प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि नमस्ते इन्टरटेनमेन्टले फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन गरेको थियो। अष्ट्रेलियामा ‘प्रेमगीत ३’ लाई भन्दा ‘प्रसाद २’ बढी शो दिइएको छ।

यो फिल्म अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन हुनेछ।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>