देश/प्रदेश

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित भएको छैन: मन्त्री किराँती

Banner

काठमाडौं, वैशाख १२-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित भइनसकेको बताएका छन्।

सोमबार राति ९स्२०मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको एफजेड ५७६ जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो। इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

दुबईको सरकारी ट्विटर दुबई मिडिया अफिसले उक्त जहाजमा चरा ठोक्किएको जानकारी दिएको थियो। तर चरा ठोक्किएको कुनै पनि प्रमाण नभेटिएको मन्त्री किराँतीले बताएका हुन्।


‘जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला छ, अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु,’ उनले लेखेका छन्, ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं। कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ।’

उक्त जहाज स्थानीय समय १२स्१० मा अवतरण भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>