मनोरञ्जन

बाइक हाँकेर मुक्तिनाथ पुगे अजित कुमार

Banner

काठमाडौं, वैशाख ८-

चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेका छन् । फिल्मको लोकेसन र छायांकनका लागि मोटरसाइकलमै नेपाल आएका उनी मुस्ताङ पुगेका हुन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा छाइरहेका छन् ।

जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए । त्यहाँ उनले स्थानीय बासिन्दा, प्रहरी र सञ्चारकर्मीसँग तस्वीर खिचाएका छन् । अजित कुमारको फ्यान क्लबमा उनको नेपाल घुमघामका तस्वीरहरु सेयर भइरहेका छन् । जहाँ उनी बाइक चलाएरै पुगेको देख्न सकिन्छ ।

पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए । त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् । काठमाडौंमा केही दिन फिल्मको छायांकन भएको जनाइएको छ । साथै, बाइकका सौखिन उनी यसअघि पनि थाइल्याण्ड लगायतका मुलुकमा बाइक चढेरै पुग्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>