बलिउड/हलिउड

शहनाज गिलसँगको प्रेम सम्बन्धबारे के भने राघव जुयालले?

Banner

काठमाडौं, वैशाख ५-

भारतीय डान्सर तथा अभिनेता राघव जुयाल आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’ को प्रचारमा व्यस्त छन्। यो फिल्ममा उनी पहिलो पटक सलमान खानसँग स्क्रिन सेयर गर्दैछन्। केही समयअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो।

ट्रेलर सार्वजनिक कार्यक्रममा सलमान खानले फिल्म सेटमा दुई जनाको ‘केमेस्ट्री’  देखेको तर उनीहरूले सम्बन्ध अगाडि बढाउने कोसिस नगरेको बताएका थिए। उक्त कुरा सलमानले शहनाज गिल र राघव जुयाललाई इसारा गर्दै भनेका थिए।

योसँगै शहनाज र राघव एकअर्काको प्रेममा रहेको चर्चा चलेको थियो। तर राघवले यो कुरालाई अस्वीकार गरेका छन्।

‘म फिल्मका लागि आएको हुँ। दर्शकले मलाई एक अभिनेता, डान्सर र होस्टका रूपमा चिनून् भन्ने चाहन्छु। प्रेम सम्बन्धको कारणभन्दा पनि मेरो कामको चर्चा होस् भन्ने चाहन्छु। म डबल शिफ्ट काम गरिरहेको छु। यस्ता कुराको लागि मसँग समय छैन। त्यसैले म आफ्नो कामबारे मात्रै कुरा गर्न चाहन्छु, ‘उनले एक अन्तर्वातामा भने।

केही समयअघि शहनाज र राघव प्रेम सम्बन्धमा रहेको कुरा बाहिरिएको थियो। यसैबीच सलमानले ‘किसिका भाइ किसिकी जान’ को सेटमा एक जोडीको ‘केमेस्ट्री’ देखेको बताएका हुन्।

भारतीय रियालिटी शो ‘बिग बोस १३’ मा शहनाज सिद्धार्थ शुक्लासँग नजिकिएकी थिइन्। उनीहरूको जोडीलाई दर्शकले निकै रूचाएका थिए। गत वर्ष सिद्धार्थ शुक्लाको निधन भयो। शहनाज र सिद्धार्थ विवाहको तयारीमा रहेको बताइएको थियो।

इदको अवसर पारेर अप्रिल २१ देखि सलमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’  रिलिज हुँदैछ।

फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>