बलिउड/हलिउड

भारतीय सुपरस्टार अजितकुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन आजदेखि काठमाडौंमा सुरु

Banner

काठमाडौं,वैशाख ५

दक्षिण भारतीय सुपरस्टार अजित कुमारको शीर्ष भूमिका रहने फिल्म ‘मिराई’को छायांकन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । चार दिनसम्म काठमाडौंका विभिन्न क्षेत्रमा हुने छायांकनका लागि २२ जनाको तमिल फिल्म टोली यतिबेला नेपालमा छ ।

अजितकुमारसहित अभिनेत्री म्याडी पनि फिल्म सुटिङका लागि काठमाडौं आएकी छन् । काठमाडौंमा चार दिनसम्म छायांकन हुने निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।

अभिनेता अजित कुमार पूर्वी नेपालको झापा, जनकपुर हुँदै बाइक हाँकेर काठमाडौं आइपुगेका हुन् । तमिल फिल्मका यी चर्चित अभिनेताका केही फिल्महरु नेपालमा समेत हिट छन् । ‘भलिमई’ नेपालमा रिलिज भएको उनको पछिल्लो फिल्म हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>