Breaking News

एसीसी प्रिमियर कपः नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

Banner

काठमाडौँ, वैशाख ५–

एसीसी प्रिमियर कपमको पहिलो खेलमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य दिएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २३५ रन बनायो । उसका लागि कप्तान अहमद फेजले सर्वाधिक ७६ रन बनाए भने वीरनदीप सिंहले ४६ रन जोडे । यी दुईले मलेसियाका लागि शतकीय साझेदारी गरेका थिए । एक समय ३ सय रन बनाउने अपेक्षा गरिएको मलेसियाका मध्यम क्रमका व्याटरले उत्कृष्ट व्याटिङ गर्न नसकेपछि २३५ रनमै रोकिन पुग्यो ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिए भने ललित राजवंशीले २ र गुलशन झाले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>