Breaking News
मेयर बालेनविरुद्धको रिटको पेसी हरिकृष्ण कार्कीको इजलासमा
०

काठमाडौं, वैशाख ५-
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार,बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरूद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। रिटको पेशी न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा तोकिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका थिए ।
आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन
र विसर्जन गर्न रिटमा आदेश माग गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























