मनोरञ्जन

१३ वर्षपछि जस्टिनको रेकर्डलाई उछिन्दै ब्ल्याकपिंक बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिने ब्याण्ड

Banner

काठमाडौं, वैशाख ३-

दक्षिण कोरियाली गर्ल्स पपब्याण्ड ‘ब्ल्याकपिंक’ले युट्युबमा सर्वाधिक हेरिने कलाकारको विश्व कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गायक जस्टिन बिबरको रेकर्डलाई उछिन्दै ब्ल्याकपिंकले विश्व रेकर्ड रचेको हो ।

सन् २०१६ मा स्थापना भएको ब्याण्डलाई अहिलेसम्म युट्युबमा ३०.१ बिलियन पटक हेरिएको छ । १३ वर्षपछि जस्टिन बिबरको कीर्तिमान तोडिएको हो । जेनी, रोजे, लिसा र जिसु सदस्यहरू मिलेर बनेको यो ब्याण्डले युट्युबमा ८६।४ मिलियन सब्सक्राइबरसहित ‘धेरै सदस्यता लिने आधिकारिक युट्युब च्यानल’को अर्को रेकर्ड पनि राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>