मनोरञ्जन

‘चलचित्र ऐन बनाउँदै छौँ’: शाही

Banner

काठमाडौँ,  चैत ३०-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले चलचित्र क्षेत्रमा देखिएका कठिनाइ हटाउने ऐन प्रक्रियामा रहेको बताउनुभएको छ ।

वैशाख १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बुलाकी’ प्रिमियर शो हेर्न पुग्नुभएका सांसद शाहीले बन्ने ऐनबारे सुझाव लिइरहेको बताउनुभयो । “म चलचित्र क्षेत्रसँग नजिक रहेकाले पनि यहाँको समस्यालाई सुनेको छु, बुझेको छु । बनिरहेको ऐनले सुनिने गुनासो हटाउने छ”, उहाँले भन्नुभयो, “नेपालमा विदेशी चलचित्रका कारण बाहिरिरहेको रकमलाई बन्ने ऐनले रोक्नेछ ।”

चलचित्र नीति पछिल्लो समय विसं २०७१ मै तयार भएको थियो । ऐन नबन्दा विसं २०२६ मा तयार गरिएको पुरानै ऐनअनुसार चलचित्र क्षेत्र चलिरहेको छ । पुरानै ऐनका आधारमा बनेको कार्यविधिले अहिले देखिएको समस्या समाधान नगर्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताउनुभयो ।

“विसं २०२६ मा बनेको ऐनले अहिलेको डिजिटल समयमा सहायता गर्न सक्दैन । हामीले चलचित्र तयार गर्दा विविध कठिनाइ भोग्ने गरेका छौँ । हाम्रो विज्ञले नीतिलाई तयार गरेर दिनुभएको छ । तर त्यो अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो । उहाँले नयाँ ऐन बनेमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजित प्रिमियर शोमा नेपाली कांग्रे्रेसका नेता भुपेन्द्रजङ शाही, नेविसङ्घका नेता रघुवीर कार्कीसँगै उपस्थित चलचित्रकर्मी नीता ढुङ्गाना, हरिहर अधिकारी, मुकुन्द भुसाल, पुष्प खड्का, प्रकाश शाहलगायतले चलचित्र ‘बुलाकी’ ले उठान गरेको विषयवस्तुको चर्चा गर्नुभयो ।

लक्ष्मण सुनारको निर्देशनमा तयार चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, लक्ष्मी गिरीलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा कर्णालीको भूभागलाई आधार बनाएर श्रीमान् छाडेर गएपछि जारी उठाउने कथा देखाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>