मनोरञ्जन

फेरि चर्चामा शाहरुख खानको पठान

Banner

मुम्बई, चैत २९

शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भइरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् ।

यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।

पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।

भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’

बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।

पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>