अन्तर्राष्ट्रिय

कैदीलाई भिडियो गेम बनाउन किन सिकाउँदैछ अर्जेन्टिना?

Banner

चैत २८-

मिस्का पालासिओस डी कारो हरेक हप्ताको बिहीबार विशाल संघीय कारागारभित्र छिर्दछन् । तर डी कारो कुनै अभियुक्त वा कैदी होइनन् । उनी गेम डिजाइनर तथा विश्वविद्यालयका अध्यापक हुन् जो अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सभन्दा दक्षिणमा रहेको मार्कोस पाज पेनिटेन्टियरी जेलमा साप्ताहिक मिसनका लागि जाने गर्दछन् ।

जेलभित्रको मधुरो प्रकाशमा एउटा कोठामा १० जना कैदीहरू अट्दछन् । तर, पछिल्लो हप्तामा जेलभित्रको एउटा कोठामा चारवटा कम्प्युटर पनि थपिएको छ र कैदी बस्ने कोठा स्टुडियोमा परिणत भएको छ । जहाँ हप्ताको एक दिन कैदीहरूको भीड लाग्दछ भिडियो गेम बनाउनका लागि ।

उक्त जेलमा चल्ने सो साप्ताहिक कार्यशालामा २० वर्षीय कैदी मरिसियोले पनि भिडियो गेम विकास गर्ने सीप सिकिरहेका छन् ।

जेलमा आउनुभन्दा अगाडि मरिसियो Grand Theft Auto तथा Call of Duty जस्ता एक्सन गेम हेर्न रुचाउँथे । तर तीन वर्षअघि गिरफ्तारीमा परेयता उनलाई सो कार्यशालाभन्दा बाहेक कम्प्युटर तथा गेमिंग कन्सोलको पहुँच छैन । त्यसैले सो साप्ताहिक कार्यशाला उनले मन पराउने संसारमा पुग्ने एउटा सानो झ्याल बनेको छ ।

पछिल्ला २ वर्षमा Video Game Development in Prison कार्यक्रम विभिन्न तीनवटा जेल इकाइहरुमा सञ्चालन भएको छ, दुईवटा मार्कोस पाजमा र एउटा नजिकैको इजिजा पेनीटेन्टियरीमा । त्यहाँ महिला तथा पुरुष कैदीहरुले भिडियो गेम सिर्जना गर्ने ज्ञान तथा सिप सिक्दछन् । त्यसका साथै स्टोरी टेलिङ, प्रोग्रामिंग तथा साउण्ड डिजाइन जस्ता कुराहरु पनि सिकाइन्छ । उनीहरुले बनाएका अधिकांस गेमहरु चाहिं कैदी जीवनमै आधारित छन् ।

मरिसियो भन्छन्-यो अरु कार्यशालाहरू जस्तो होइन । यसमा फरक आयाम छ । किनकि मुख्य रुपमा यसमा प्रविधि पनि मिसिएको छ । यो हाम्रो जीवनोपयोगी परियोजना हो ।

अर्जेन्टिनाको जेलसम्बन्धी उपसचिवालयका सल्लाहकार मिर्टा लोपेज गोन्जालेजका अनुसार अर्जेन्टिनी कैदीहरुले लामो समयदेखि सरकारसँग शिक्षा र मनोरञ्जनको अवसर आफूहरूले पाउनुपर्ने माग गर्दै आएका छन् ।

यद्यपि कतिपय स्थानीय जेलहरूले कैदीलाई फोन चलाउन दिने भए पनि त्यहाँको संघीय जेल प्रणालीमा भने कैदीलाई फोनको पहुँचमा प्रतिबन्ध गरिएको छ ।

अर्जेन्टिनामा भिडियो गेमको विकासमा लागिरहेको भिडियो गेम सहकारी फुन्दावका अध्यक्ष डी कारोचाहिं जेलमा हुने भिडियो गेमसम्बन्धी साप्ताहिक कार्यशालाले कैदीहरूको त्यो आवश्यकतालाई एक हदसम्म पूरा गरेको दाबी गर्दछन् ।

सरकार तथा जेलमा काम गरिरहेका विभिन्न अन्य संस्थाहरुसँगको लामो वार्तापछि मात्र जेलमा साप्ताहिक रुपमा उक्त भिडियो गेम निर्माण कार्यशाला सुरु गर्न उनीहरू सफल भएका हुन् ।

तर सरकारी स्वीकृतिपछि पनि जेलभित्र भिडियो गेम डिजाइनको कुरा पढाउनु चुनौतीपूर्ण रह्यो । जेलमा पहुँचका लागि अधिकारीहरुसँग सहकार्य गरिएता पनि इन्टरनेट जडान लगायतका अन्य विभिन्न आधारभूत कुराहरुको आवश्यक अनुमति प्राप्त गर्नका लागि डी कारोले पेनीटेन्सियरीको कर्मचारीतन्त्रसँग निकै संघर्ष गर्नुपर्‍यो ।

कारागारमा तालिम लिइरहेका कैदी विद्यार्थीहरु जेलमुक्त भएसँगै रोजगारीमा आबद्ध गर्नका लागि उनले विभिन्न गेमिंग स्टुडियोहरुसँग कुराकानी पनि गरिरहेका छन् । गेमिंग स्टुडियोहरुलाई कर्मचारीहरुको आवश्यकता पर्ने हुनाले सिपयुक्त कैदीहरु जेलमुक्त भएसँगै ती स्टुडियोमा काम पाउनेमा उनी ढुक्क छन्
इन्टरेनट जडान भएपछि पनि कर्मचारी तन्त्रले विभिन्न अवरोध खडा गर्‍यो, उदाहरणका लागि कैदीलाई सोसल मिडिया प्लाटर्फम तथा समाचार साइटलगायत चलाउनका लागि बन्देज लगाइयो । त्यसैले कार्यशाला अवधिभर एउटा मात्र जिमेल अकाउन्ट प्रयोग गर्ने गरिएको डी कारो बताउँछन् ।

त्यस्तै कैदीहरुको कम साक्षरता दर तथा अत्यावश्यक बाहेकका कार्यहरुमा कारागारको बजेट कम हुनु जस्ता अन्य कम प्राविधिक समस्याहरु पनि निम्तिए । आफूले कहिल्यै नसुनेको कम्प्युटर प्रोग्राम प्रयोग गर्न अनुमति दिने कुरामा अधिकारीहरु जहिल्यै हच्किने गरेको अनुभव डी कारोको छ । यद्यपि प्रयोगकर्तामैत्री सफ्टवेयरको रुपमा रहेको ऋयलकतचगअत नामक टू डी गेम तयार गर्ने टूल, फ्रुटी लूप्स नामक संगीत उत्पादन सुइट तथा ओपन सोर्स स्टोरी टेलिङ प्लाटर्फम त्धष्लभ लगायत लाई कक्षाकोठामा अनुमति दिइएको थियो ।

विद्यार्थीहरुको पहुँच आवश्यक हुने शैक्षिक सामग्रीहरू अपडेट गर्नमा कारागार प्रणालीबाट ठूलो अवरोध हुने गरेको तथा अधिकारीहरुले प्रायः आफुहरुलाई कस्ता टूल्स आवश्यक पर्दछ र किन आवश्यक पर्दछ भन्ने कुरा नबुझ्ने गरेको उनी बताउँछन् ।

सीमित स्रोत साधनका बाबजुत पनि उक्त कार्यक्रममा सहभागी कैदी विद्यार्थीहरुले धेरै गेमहरु विकास तथा सार्वजनिक गरिसकेका छन् र धेरैवटा गेममा काम गरिरहेका छन् ।कारागार प्रणाली सल्लाहकार लोपेज गोन्जालेजका अनुसार कतिपय अधिकारीहरु जेलमा केवल सुरक्षासँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रित हुने गरेका बताउँछिन् । उनका अनुसार केही अधिकारीहरू चाहिं फोन तथा इमेलका माध्यमबाट अभियुक्त कैदीहरु खुल्लमखुल्ला बाह्य संसारसँग सम्पर्क गर्नसक्ने र त्यसले सुरक्षामा चुनौती खडा गर्नसक्ने आशंका गर्दछन् ।

कतिपय भिडियो गेमका विषयवस्तुहरु हिंश्रकसमेत भएता पनि कार्यक्रमको मनोरञ्जक तथा शैक्षिक मूल्य उच्च रहेको र यसले जेलभित्र हुने हिंसालाई घटाउनमा सहयोग गरेको लोपेज बताउँछिन् ।विद्यार्थीहरुले जेलभन्दा बाहिरका विषयवस्तुमा पनि गेम तयार गरेका छन् । त्यसमा ल्बकअबच एउटा उदाहरण हो । यसमा गेमको पात्रले कार रेसमा सहभागी हुनका लागि आफ्नो कार तयार गर्नुपर्दछ । यो सिर्जनात्मक प्रस्फुटन विद्यार्थीहरुले आफूलाई केवल अभियुक्तको रुपमा मात्र हेर्ने मनोभावनाबाट मुक्त हुने पहिलो पाइला भएको डि कारो बताउँछन् ।

कारागारमा तालिम लिइरहेका कैदी विद्यार्थीहरु जेलमुक्त भएसँगै रोजगारीमा आबद्ध गर्नका लागि उनले विभिन्न गेमिंग स्टुडियोहरुसँग कुराकानी पनि गरिरहेका छन् । गेमिंग स्टुडियोहरुलाई कर्मचारीहरुको आवश्यकता पर्ने हुनाले सिपयुक्त कैदीहरु जेलमुक्त भएसँगै ती स्टुडियोमा काम पाउनेमा उनी ढुक्क छन् ।

उनी भन्छन्- कुनै पनि अभियोगमा जेलमा परेका मानिसहरु जेलमुक्त भएसँगै काम गर्ने ठाउँ पाउनु आवश्यक हुन्छ । उनीहरु आफू मुक्त भएसँगै कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा निक्कै सोचेका हुन्छन् ।

जेलमा रहँदा उनीहरूको जीवन एकप्रकारले रोकिएको हुन्छ, तर बाहिरी संसारले उनीहरुलाई कदापि पर्खिरहेको हुँदैन । त्यसैले धेरैजनाले जेलमुक्त भएसँगै समाजको बढ्दो मागलाई धान्न सक्दैनन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>