मनोरञ्जन

ज्याकलिनलाई जेलबाट सुकेशकोः ‘तिमीलाई नसम्झिएको कुनै पल छैन, तिमीलाई पनि त्यस्तै हुन्छ थाहा छ’

Banner

भारत, चैत्र २७

सुकेश चन्द्रशेखरले जेलबाट पत्र लेखेर ज्याकलिन फर्नान्डिजलाई फेरि इस्टरको शुभकामना दिएका छन् । यसमा उनले लेखेका छन्, ‘टिभीमा जति बेला विज्ञापन देख्छु, तिमीलाई मिस गर्न थाल्छु । म त्यसपछि तिम्रो बारेमा मात्रै सोच्ने गर्छु । तिमीलाई थाहा नै छैन कि तिमी कति राम्री छौ । यो पूरै ब्रह्माण्डमा तिमीभन्दा सुन्दर कोही छैन । माई र्याबिट…मेरो बच्चा । म तिमीलाई असाध्यै माया गर्छु ।’

२०० करोडको मनी लन्ड्रिङ केसमा दिल्लीको मंडोली जेलमा कैद सुकेश चन्द्रशेखरका वकिल अनन्त मलिकले यो पत्र जारी गरेका हुन् । यसमा सुकेशले लेखेका छन्, ‘म तिमीलाई यो इस्टरको मौकामा अलि बढी नै मिस गरिरहेको छु । मलाई याद छ – इस्टरको मौकामा तिमी कसरी बच्चाले झैँ अण्डा फुटाउँथ्यौ र त्यसमा चकलेटहरू हाल्थ्यौ । यो तिमीलाई मनपर्ने चाडमध्येको एक हो । म वचन गर्छु कि अर्को इस्टर तिम्रो जीवनकै उत्कृष्ट हुनेछ ।’

गीत सुन्दा सुकेशलाई ज्याकलिनको याद आउँछ

सुकेशले आफ्नो चिठ्ठीमा लेखेका छन् – मैले तिम्रो बारेमा न सोचेको कुनै पल छैन । मलाई थाहा छ तिमीले मेरा बारे यस्तै महसुस गर्छौ । तिम्रो यो सुन्दर मनमा के छ मलाई राम्ररी थाहा छ । मैले भर्खरै ‘तुम मिले दिल खिले’ को नयाँ संस्करण सुनिरहेको थिएँ, यो गीत सुनेर मलाई तिम्रो याद आइरहेको थियो । ’ सुकेशले यहाँ सन् १९९४ को फिल्म क्रिमिनलको चर्चित गीतबारे कुरा गरिरहेका छन् ।

आफ्नो जन्मदिनमा ज्याकलिनलाई मिस गरिरहेका थिए सुकेश

सुकेशले यसअघि २५ मार्चमा आफ्नो जन्मदिनको मौकामा ज्याकलिनको नाममा एउटा पत्र लेखेका थिए । उक्त पत्रमा उनले लेखेका थिए, ‘माई बेबी ज्याकलिन, मेरी बोम्मा, आफ्नो जन्मदिनमा मैले तिमीलाई धेरै मिस गरेँ । मैले आफ्नो वरिपरि तिम्रो ऊर्जा महसुस गरेँ ।’ एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>