Breaking News

उपनिर्वाचनका लागि चितनवमा कांग्रेसका जीतनारायणलाई विद्रोहीको साथ

Banner

काठमाडौँ, चैत २५

चितवनमा गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचन भने एकजुट भएका छन् । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका हुन् ।

गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै एकजुट भएका हुन् ।

संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै उनीहरुले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठलाई जिताउन अपील गरेका छन् । कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका हुन् ।

यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>